महत्त्वपूर्ण बहसको अन्तिम तयारीमा ट्रम्प र ह्यारिस

विश्व

कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गर्नुभएको छ । निर्वाचनको दिन आउन दुई महिनाभन्दा कम समयमा डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन पूर्वराष्ट्रपतिबीचको कडा प्रतिस्पर्धामा आमनेसामने हुनु निर्णायक मोड हुनसक्छ ।
ह्यारिस स्थानीय समयानुसार सोमबार साँझ ४ः४० बजे बहस हुने पूर्वी सहर फिलाडेल्फिया पुग्नुहुनेछ । ट्रम्प एबिसी न्युजमा मङ्गलबार साँझको टक्करको केही घन्टा अघिसम्म आउनुहुनेछैन । दुवै उम्मेदवारबीच पहिले कहिल्यै भेट भएको थिएन । बहस पूर्वअभियोजक र एक दोषी अपराधीबीचको शैलीविपरीत हुनेछ ।
“उहाँ कति तल जानुहुन्छ र हामी यसका लागि तयार रहनुपर्छ भन्ने सन्दर्भमा कुनै गुन्जाइस छैन”, सोमबार प्रसारित एक अन्तरवार्तामा ट्रम्पको आक्रमणलाई कसरी सम्हाल्ने भन्ने प्रश्नमा रेडियो होस्ट रिकी स्माइलीलाई ह्यारिसले भन्नुभयो, “उहाँ धेरै झुटो बोल्न हुनेछ भन्ने तथ्यका लागि तयार रहनुपर्छ ।” तर केही तरिकामा ह्यारिससँग साबित गर्नका लागि धेरै कुरा छन् । घोटालाहरूका बाबजुद प्रतिद्वन्द्वी ट्रम्पले पराजय भएको अवस्थामा नोभेम्बरको निर्वाचनलाई स्वीकार नगर्ने सङ्केत गर्नुभएको छ ।
टिकटको शीर्षमा वृद्ध जो बाइडेनको स्थान लिनुभएकी ५९ वर्षीया ह्यारिसलाई हनिमुन (मधुमास) खल्लो लागेको देखिन्छ । उहाँको नीतिबारे धेरै थाहा नभएका मतदाताहरूसम्म पुग्नुपर्ने आवश्यकता रहेको सर्वेक्षणहरूले देखाएको छ । आफ्नो अभियानले एउटा नीति पृष्ठ निकालेपछि उहाँले आइतबार राति बढ्दो दबाबलाई सम्बोधन गर्नुभयो । नीतिमा युनियन र जीवन यापनको लागतदेखि लिएर स्वास्थ्य हेरचाहजस्ता विषयलाई समावेश गरिएको थियो ।
अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने प्रतिस्पर्धामा मिश्रित नस्लको उम्मेदवारविरुद्ध उत्रिनुभएका अठहत्तर वर्षीय ट्रम्पलाई आफ्नो अपमान र आक्रामकतामाथि लगाम लगाउनुपर्ने दबाब हुनेछ । तर उहाँसँग आफ्ना पक्षका छ पूर्वराष्ट्रपतीय बहसको अनुभव छ र जुनमा भएको बहसमा बाइडेनविरुद्ध उहाँको संयमित दृष्टिकोण अत्यन्त प्रभावकारी साबित भयो । ट्रम्पसँगको बहसपछि एक महिनाभन्दा पनि कम समयमा बाइडेन ह्वाइट हाउसको दौडबाट बाहिरिन बाध्य हुनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट