`

नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा जागिर

Nepal One HD २८ भदौ २०८१ ८:४२
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी ६४ जना इन्स्पेक्टर र २५६ जना असई पदका लागि आवेदन माग गरेको हो । ३० भदौदेखि ३० असोजसम्म अनलाइन प्रणालीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया