`

बागलुङको ताराखोलामा बाबुले गरे भीरमा फालेर ६ वर्षीय छोराको हत्या

Nepal One HD ३० असोज २०८१ ११:१७
अपराध

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो ।


प्रतिक्रिया