`

आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनौटका लागि नेपाली टोली घोषणा

Nepal One HD ७ कार्तिक २०८१ १९:२२
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर ४ देखि १४ सम्म युएईमा हुने आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनौटका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

बुधबार घोषणा गरिएको टोलीको कप्तानी पुजा महतोले गर्नेछिन् भने सोनी पाख्रिन उप–कप्तानको भूमिकामा रहनेछिन् । छनौट प्रतियोगितामा नेपालसँगै आयोजक युएई, कुवेत र थाइल्याण्ड सहभागी हुनेछन्। नेपाली टोलीले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। यो प्रतियोगिता आईसीसी महिला टी–२० विश्वकपका लागि प्रमुख छनौट अवसर हो । छनौट प्रतियोगिता नोभेम्बर ४ देखि १४ सम्म युएईमा हुनेछ ।


नेपाली टोली:

पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव (विकेटकिपर), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, मनिषा उपाध्याय, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक


प्रतिक्रिया