`

श्रीलंकाविरुद्ध नेपाल पहिलो हाफमै चार शून्यले अगाडि

Nepal One HD ८ कार्तिक २०८१ १८:४०
खेलकुद

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० को फराकिलो अग्रता लिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुवातदेखि नै श्रीलंकालाई दबाबमा राख्दै लगातार प्रहार गर्यो । खेलको सातौं मिनेटमा सविता राना मगरले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । त्यसको चार मिनेटपछि सावित्रा भण्डारी सम्बाले दोस्रो गोल थपिन् ।

१३ औं मिनेटमा रेखा पौडेलले श्रीलंकाको पोस्टमा तेस्रो गोल थप्दै नेपाललाई ३–० को अवस्थामा पुर्याइन्। खेलको ३५ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् ।

आजको खेलमा नेपालले चार खेलाडी परिवर्तन गर्दै सुरुवाती ११ मा कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, अमिषा कार्की र अमृता जैसीलाई मौका दिएको छ।


प्रतिक्रिया