`

हङकङ सुपर सिक्सेसमा इंग्ल्यान्डमाथि नेपालको जित

Nepal One HD १६ कार्तिक २०८१ ९:१८
खेलकुद

काठमाडौं । इङ्ल्यान्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो ।

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्यो । नेपालका कप्तान सन्दीप जोराले ५० रन बनाए ।

यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले शनिबार अस्ट्रेलियासँग खेल्नेछ ।


प्रतिक्रिया