टेबल टेनिस खेलाडी सेलिशाको निधन

खेलकुद

काठमाडौँ, २३ कात्तिक : नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको आज निधन भएको छ ।लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ ।
सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा खेल्नुभएको थियो ।
यसैगरी सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियनसिपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट