`

कोशीका पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेशसभाले दियो सार्वजनिकरुपमा जानकारी

Nepal One HD २६ कार्तिक २०८१ १३:५५
अपराध

विराटनगर । कोशी प्रदेशसभाले पूर्वमन्त्री एवं सांसद लिलाबल्लभ अधिकारी प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ ।

सोमबार प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यले सूचना प्रकाशित गरी सांसद अधिकारी पक्राउ परेको जानकारी गराएका हुन् ।

सांसद अधिकारीलाई आइतबार प्रहरीले विराटनगरमा पक्राउ गरेर काठमाडौं पठाएको थियो । मानव तस्करी अभियोगमा मुछिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया