बीआरआई देशको हितमा छः पूर्वप्रधानमन्त्री खनाल

प्रमुख खबर

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईमा हस्ताक्षर गर्नुअघि सरकारले ध्यान पुर्याउन नसकेको टिप्पणी गरेका छन् ।
शनिबार चीन भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गर्नु खुसीको कुरा भएपनि त्यसअघि सरकारले नाटक मञ्चन गरेको टिप्पणी गरेका हुन् ।
उनले बीआरआईका बारेमा पहिले नै अध्ययन गर्नुपर्नेमा चीन पुगेपछि अलमलका साथ सरकारले हस्ताक्षर गरेको बताए । उनले बीआरआई नेपालको हितमा रहेकोसमेत बताए । खनालले पारवहनका विषयमा सरकारलाई चीनसँग आवश्यक छलफलअघि बढाउन सुझाव दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट