`

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

Nepal One HD ११ माघ २०८१ १२:०८
अर्थ समाचार

काठमाडौँ ।  अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला  एक हजार रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला  एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला  एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला  पाँच बढेको छ । 

बिहीबार प्रतितोला  एक हजार आठ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज प्रतितोला  एक हजार आठ सय ८० मा किनबेच हुनेछ ।


प्रतिक्रिया