`

देवघाट महामहोत्सव : षटतिला एकादशीको विशेष अवसरमा तीन लाख भक्तजनद्वारा दर्शन र स्नान

Nepal One HD १३ माघ २०८१ १०:३१
अध्यात्म

देवघाट महामहोत्सवमा यतिबेला ठूलो संख्यामा भक्तजनहरुको पस्थिती भइरहेको छ । जसअन्र्तगत देवघाट महामहोत्सवको बाह्रो दिनमा षटतिला एकादशीको पावन अवसरमा पवित्र गण्डकी र त्रिशुलीको संगम मा स्नान र देवघाट क्षेत्रको दर्शनका लागि करिब तीन लाख भक्तजनको सहभागीता रहेको आयोजकले जनाएको छ । बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको थियो भने मध्यान्हसम्ममा यस संख्या झन् बढ्दै गएको थियो । दशमीको साँझदेखि नै भक्तजनहरूको भव्य उपस्थिति देखिएको महोत्सवमा आजको दिनले विशेष चहलपहलबढेको आयोजकको भनाई रहेको छ । मातापिता सेवाश्रम परिसरमा शनिबार साँझ ६ बजेबाट नै निरन्तर भण्डाराको चलिरहेको थियो ।

महोत्सवमा आउने भक्तजनहरूको संख्यामा दैनिक रूपमा वृद्धि भइरहेकाले आयोजकहरूले रात्रिकालीन बसोबासका लागि थप २० वटा विशेष क्याम्पिङ टेन्टहरूको व्यवस्था गरेका छन्। यी टेन्टहरू विशेष रूपमा टाढाबाट आएर महोत्सवमा सहभागी भई रातभर बस्न चाहन्छने भक्तजनका लागि उपलब्ध गराइने छ ्र

देवघाट दिव्यधाम निर्माणका लागि भक्तजनहरूले गर्ने जग शीला पूजाको कार्यमा पनि भक्तहरूको लामो लाइन देखिएको छ। श्रद्धा र भक्तिभावसहित भक्तजनहरूले दिव्यधाम निर्माणमा योगदान पुर्‍याइरहेका छन्। यो पूजामा सहभागी हुने भक्तजनहरूको संख्या दैनिक रूपमा बढिरहेको छ।महोत्सवका अन्य गतिविधिहरू पनि विशेष रूपमा सम्पन्न भइरहेका छन्। दिनभर कथा, प्रवचन र भजनकीर्तनका कार्यक्रमहरू चलिरहेका छन् । अनेक प्रवचनकारहरूका अमूल्य सन्देशले भक्तजनहरूलाई धार्मिक ज्ञान र भक्तिमा थप प्रोत्साहित गरिरहेको छ। सँधा झैँ साँझ पनि विशेष कोटी दीप प्रज्वलनको कार्य सम्पन्न गरिएको थियो । गण्डकी नदीको किनारमा लाखौँ दीप प्रज्वलित गरी विशेष महाआरतीको आयोजना गरिएको थियो । यो महाआरती माघ महिना भर नै प्रत्येक साँझ ५ बजे हुने गर्छ। गण्डकी नदीको आरतीमा उपस्थित हुने भक्तजनहरूले अलौकिक शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अनुभव गरेका छन्। देवघाट महामहोत्सवको १२औं दिन भक्तिभाव, सेवा, र समर्पणका दृष्टिले उल्लेखनीय भैरहेको छ । षटतिला एकादशीको पावन अवसरमा लाखौँ भक्तजनहरूको उपस्थितिले देवघाटको महत्त्वलाई अझ प्रबल बनाएको छ। महोत्सवका अवशेष दिनहरूमा समेत यस्तो भक्तिभाव र चहलपहल निरन्तर रहने अपेक्षा गरिएको छ। यसैबिच देवघाट महा–महोत्सवमा कान्छी कथावाचिका अनुराधा पाण्डेयले कथावचन सुरु गरेकै दिनदेखि भक्तजनको मन जित्न सुरु गरेकी छिन् । देवघाटको पवित्र भूमिमा कथा सुनाउने अवसर पाउँदा आँफु गौरवान्वित भएको बताउँदै उनले भनिन् मातापिता सेवाआश्रम र देवघाट दिव्यधामका परिकल्पनाकार तथा देवघाट महोत्सवका सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराज आफ्नो प्रेरणाको स्रोत हुनुहुन्छ । उनले महाराजकै प्रेरणाले नेपाली भाषामा कथा गर्न सिकेको बताउँदै सबै भक्तजनलाई महोत्सवमा सहभागी भई मातापिता सेवाश्रम तथा देवघाट दिव्यधामको निर्माणमा योगदान पु¥याउन आह्वान गरिन् ।’ विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयको विशेष उपस्थिति रहेको उक्त पत्रकार सम्मेलनमा माघ महिनाभर सञ्चालन भइरहेको महा–महोत्सवका पहिलो १० दिनका गतिविधिबारे महा–महोत्सव मूल समारोह समिति सल्लाहकार डा। श्रीवास कृष्ण दास ब्रह्मचारीले जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा उठेका विभिन्न प्रश्नहरूको उत्तर दिंदै डा। श्रीवास कृष्णदास ब्रह्मचारीले महोत्सवमा हालसम्मको भक्तहरूको सहभागिता, धार्मिक गतिविधि र आर्थिक पक्षबारे जानकारी दिए ।

उनले १० दिनभित्र लाखौँ भक्तजनले महोत्सवमा सहभागिता जनाइसकेको र देवघाट महोत्सवले धार्मिक चेतना र सनातन संस्कृतिलाई नयाँ उचाइमा पुर्याउनेमा विश्वस्त रहेको बताए । विशेष रूपमा, १० वर्षीय देवी अनुराधा पाण्डेयको प्रशंसा गर्दै ब्रह्मचारीज्यूले भन्नुभयो, ‘गुडिया र भाडाकुटी खेल्ने उमेरमा यो स्तरको विद्वता र समाजलाई दिएको मार्गदर्शन वास्तवमै अद्वितीय हो।’ ब्रह्मचारीले वैदिक संस्कृतिमा नारीलाई देवीको रूपमा सम्मान गरिने परम्परालाई उल्लेख गर्दै ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः’ भन्ने शास्त्र वाक्यले जहाँ महिलाहरूको पूजा र सम्मान गरिन्छ, त्यहाँ देवताहरू वास गर्छन् भनेको छ । तर आजको समाजमा महिलाहरूलाई वस्तुको रूपमा हेर्ने प्रवृत्ति फैलँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘महिलाको व्यक्तित्व, ज्ञान, क्षमता र मानवता उपेक्षा गर्दै शारीरिक सौन्दर्य र उपभोगका साधनका रूपमा हेर्ने सोच अत्यन्तै गलत हो । वैदिक परम्पराले देखाएको नारीप्रति आदरभावलाई आधुनिक समयमा पुनर्जीवित गर्न जरुरी छ । उनले महिलाको वस्तुकरणलाई रोक्न र उनीहरूको क्षमतामा केन्द्रित सामग्री उत्पादन गर्न जोड दिए । साथै, मातृशक्तिलाई सशक्त बनाउँदै नारीलाई देविको रूपमा सम्मान गर्नुपर्ने आवश्यकता औँल्याए । पत्रकार सम्मेलनमा विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयले पनि आफ्नो अनुभव साझा गरिन् ।


प्रतिक्रिया