शेयर बजारमा दोहोरो अंकको गिरावट

अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से घटेको छ । आइतबार नेप्से १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा झरेको छ ।
आज विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ४.७६ प्रतिशतले ओरालो लागेको छ ।
आज बोटलर्स नेपाल (बालाजु), एनआईसी एशिया डिबेन्चर २०८२/८३, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जलविद्युत् कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३ सय १८ वटा कम्पनीका १ करोड ५७ लाख कित्ता शेयर ९ अर्ब १२ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट