`

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

Nepal One HD २३ माघ २०८१ १७:४०
प्रमुख खबर

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासत पठाइएको छ ।

बुधबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले थुनछेक बहस नसकिँदासम्म उनलाई हिरासतमा राख्न आदेश गरेको हो ।

रविसहित मंगलबार जिल्ला अदालत चितवनमा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि बयानका लागि रवि बुधबार अदालतमा उपस्थित भएका थिए ।

रवि कास्की, काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका थिए । रुपन्देहीमा भने थुनछेक बहस नसकिँदा अदालतले आफन्तको जिम्मा लगाएको थियो ।

तर चितवनमा भने हिरासतमा पठाउने आदेश भएको छ । चितवनमा रविलाई सहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको अभियोग छ।


प्रतिक्रिया