`

शिवपुरीमा रंगीचंगी पुतलीको संसार (फोटो-फिचर)

Nepal One HD १९ कार्तिक २०८३ ११:३३
फोटोफिचर

काठमाडौं। काठमाडौँसहित चार जिल्लामा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज जैविक विविधताको महत्वपूर्ण आश्रयस्थल बनेको छ।

यहाँ विभिन्न प्रजातिका वन्यजन्तु र चराचुरुङ्गीसँगै रंगीचंगी पुतलीहरूको आकर्षक संसार पनि देख्न सकिन्छ।

निकुञ्जको तथ्यांकअनुसार नेपालमा अभिलेख गरिएका ६३० प्रजातिका पुतलीमध्ये १२४ प्रजाति शिवपुरी क्षेत्रमा पाइन्छन्।

हरियाली वन, स्वच्छ वातावरण र मनोरम पदमार्गले घेरिएको शिवपुरी हाइकिङ तथा प्रकृति अवलोकनका लागि लोकप्रिय गन्तव्य हो।

यहाँका वनजंगलमा फुरफुराउने रंगीचंगी पुतलीले निकुञ्जको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।

जैविक विविधताका दृष्टिले पनि शिवपुरीको महत्व झल्काउने यी पुतली प्रकृतिका अनुपम गहना हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *