`

एमालेको सचिवालय बैठक बस्दै

Nepal One HD १८ फागुन २०८१ ७:५५
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने बताइएको छ ।

सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा परेका छन् । सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका हुन् ।


प्रतिक्रिया