स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

प्रमुख खबर

पथरी, १८ फागुनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले आमनागरिकलाई विश्वास दिने गरी प्रभावकारी ढङ्गबाट स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताउनुभएको छ । मोरङको उर्लावारी–५ मा रहेको अरनिको हस्पिटलमा आज सिटी स्क्यान सेवा उद्घाटन गर्दै उहाँले निजी क्षेत्रले सस्तो र सर्वसुलभ सेवा दिनसके प्रभाव थप विस्तार हुने बताउनुभयो ।
मन्त्री पौडेलले निजी क्षेत्रसँग सहकार्य गर्न र यस क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
अरनिको हस्पिटल प्रालिले १२ वर्ष प्रवेश गरेसँगै सिटी स्क्यान सेवा सुरु गरेको हो । रु चार करोडको लागतमा यो सेवा सुरु गरेको हस्पिटलका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट