हुबहु अध्यादेश पारित हुने अवस्था छैनः मीन विश्वकर्मा


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरुबीचमा असन्तुष्टि आउँदा यथास्थितिमा पारित नहुने अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले भने, ‘अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांग्रेसका मन्त्रीहरुसँग छलफल त गर्नुभएको थियो । तर, अहिले संसद्मा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन । यथास्थितिमा हुबहु पारित हुने अवस्था छैन् ।’
अध्यादेश जारी गर्ने सरकारको संवैधानिक अधिकार भएपनि आवश्यकता महशुस फरक ढंगले भएको भन्दै उनले हुबहु पारित नभए प्रतिस्थापन विधेयकमार्फत संसदीय प्रकृयामा जाने र पारित हुने बताए ।
कांग्रेससहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरेहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गरे ।
उनले भने, ‘अध्ययादेशन पास गराउन बिचार गरेर ल्याउनु पर्दथ्यो । हतारमा ल्याउनु भएको संसदमा आरोप थियो । राष्ट्रिय सभामा संख्या नपुगेका कारणले पास हुने अवस्था रहेन् । कांग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै टेबुल हुने अवस्था आउँदैन र पारित हुँदैन ।’