`

तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन परराष्ट्रमन्त्रीलाई योगेश भट्टराईको आग्रह

Nepal One HD २३ फागुन २०८१ १२:२६
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरी ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्री राणासँग भेट गरी भट्टराईले ताप्लेजुङ सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किलोमिटर सड़क विस्तार, कालोपत्रे र पुलहरूको निर्माणका लागि चीन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फबाट चिनियाँ सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन् ।


प्रतिक्रिया