सङ्क्रमणकालीन न्याय संयन्त्र गठन गर्न आयोगले पठायो सरकारलाई पत्र

प्रमुख खबर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन सरकारलाई पत्राचार गरेको छ ।
आयोगले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन गठन हुनुपर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सङ्क्रमणकालीन न्यायमा कायम रहेको अन्यौलताको अन्त्य गर्न आवश्यक पहल गरिदिन पीडित तथा सरोकारवालाहरूबाट आयोगसमक्ष अनुरोध भएअनुसार पत्राचार भएको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जानकारी दिएका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट