`

राजावादीको गतिविधि बढेको भन्दै माओवादीको जागरण अभियान स्थगित

Nepal One HD २४ फागुन २०८१ १८:२३
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर केही दिनका लागि अभियान स्थगित गरेको माओवादीले जनाएको छ ।

माओवादी महासचिव देव गुरुङले देशको राजनीति जटिल बन्दै गएकाले अभियान स्थगित गरिएको जानकारी दिए । पछिल्लो समय देशमा राजावादीहरूले सक्रियता बढाएका छन् ।

आइतबार राजावादीहरूले पोखराबाट काठमाडौं फर्किँदा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया