`

माओवादी पदाधिकारी बैठकमा राजावादीको चलखेलका विषयमा छलफल हुने

Nepal One HD २५ फागुन २०८१ ९:०१
प्रमुख खबर

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि तराई–मधेश जागरण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

आज दिउँसो बस्ने पदाधिकारी बैठकका लागि उपत्यका बाहिर रहेका माओवादीका शीर्ष नेताहरू काठमाडौं फर्किँदै छन् । मधेशमा अभियान चलाइरहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझै काठमाडौं फर्किसकेका छन् ।

प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी भूमिका बढाउनबारे पदाधिकारी बैठकमा छलफल हुने माओवादी नेताहरूको भनाइ छ । राजावादीहरूले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छन् । पोखराबाट पूर्वराजा शाह आज काठमाडौं फर्किँदैछन् ।

उनलाई स्वागत गर्न राप्रपा र राजवादीहरुले सर्वसाधारणलाई दिउँसो एक बजे त्रिभुवन विमानस्थलमा आउन आह्वान गरेका छन् । राजावादीहरुले शक्ति प्रदर्शन गर्न लागेपछि उपत्यकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया