‘रक्त शुद्धता र वंश–परम्परा नश्लिय पाखण्डको पर्दाफाश गरौं !’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नश्लीय पाखण्डको पर्दाफास गर्न आवश्यक रहेको बताएका छन् ।
राजावादीहरुको चलखेल बढेको भन्दै सामाजिक संजालमार्फत रिमालले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘अढ़ाई सय वर्षसम्मको चकचकी र लुट खसोट बिर्सिए पनि ०४६ चैतसम्म हाम्रा मुख थुन्ने, ‘यहॉबाट त्यहॉ’ जान नदिने जस्ता राम–राज्यका संचालक यिनीहरू नै थिए हैन र ? अझ त्यसलाई पुरानो कुरा मान्ने हो भने पनि आजभन्दा मात्र ८,६८२ दिन अगाडि त्यसबखतका राजासहित सिङ्गो वंशलाई उनीहरूद्वारा–उनीहरूका लागि – उनीहरूले नै खरानी बनाएका हैनन् र ?’
रिमालले २०६१ माघ १९ देखि ०६३ सम्मलाई ‘गोल्डेन डेज’ भनेर व्याख्या गर्दै त्यस समय ‘गोल्ड’को गोडमेल गर्नेहरू पनि उही रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘एयरपोर्ट जाऔं– स्वागत गरौं भन्ने अनुहार र २०६१ माघ १९ देखि ०६३ सम्मको गोल्डेन डेजआयो भन्दै ती डेजमा गोल्डको गोडमेल गर्नेहरू पनि यिनीहरू हैनन् र ? रक्त शुद्धता र वंश–परंपरा नश्लिय पाखण्डको पर्दाफाश गरौं ! अंग्रेजीमा एउटा भनाइ छ नि– ‘फर्गिभ– वट नट फर्गेट!’