`

चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने सरकारको निर्णय

Nepal One HD २६ फागुन २०८१ २३:४२
प्रमुख खबर

काठमाडौं । सरकारले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणीन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे भने मन्त्रिपरिषद बैठक अनिर्णीत भएको छ ।


प्रतिक्रिया