`

प्रतिनिधिसभामा निजीकरण विधेयक प्रस्तुत

Nepal One HD २८ फागुन २०८१ १६:२२
अर्थ समाचार

काठमाडौँ । प्रतिनिधिसभामा निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत भएको छ । सभाको बुधबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरे ।

बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै बन्द, रुग्ण र घटामा रहेका संस्थालाई यही अवस्थामा रहन दिन नसकिने, त्यहाँ रहेका
सम्पत्तिको व्यवस्थापन गरेर जानुपर्ने आवश्यकता बोध गरी विधेयक ल्याइएको स्पष्ट पारे ।

बैठकले उक्त विधेयकमाथि सांसदहरु प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ), माधव सापकोटा र चित्रबहादुर केसीबाट प्राप्त विरोधका सूचना बहुमतले अस्वीकृत गरेको थियो ।


प्रतिक्रिया