`

राजतन्त्र पुनःस्थापनाका लागि नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलन घोषणा

Nepal One HD ४ चैत २०८१ १८:४१
प्रमुख खबर

काठमाडौं । राजतन्त्र पुनःस्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको संयोजकत्वमा तेस्रो जनआन्दोलनको घोषणा गरिएको छ ।

सोमबार काठमाडौंमा राजावादी समूहहरूको भेलाले सुवेदीको संयोजकत्वमा जनआन्दोलन गर्ने निर्णय गरेको हो ।

सुवेदीको संयोजतकत्वमा रहेको समितिमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र हरिबहादुर बस्नेत सदस्य रहेका छन् ।

उनीहरुले राजतन्त्रको पुनःस्थापना, हिन्दूराज्य, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रणको माग गरेका छन् । उनीहरूले दलहरू र राजसंस्थावादीबच नवीन समझदारीको मागसमेत गरेका छन् ।


प्रतिक्रिया