`

‘जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’

Nepal One HD ५ चैत २०८१ १०:१६
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारको नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले केन्द्र सरकारको बजेटबाट सम्पन्न योजनाको फोटो राखेर स्थानीय जनप्रतिनिधिको प्रशंसा गर्ने प्रचलन अन्यत्र पनि सरेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौं महानगरबाट अन्यत्र पनि सरेछ ! ? जसको काम उसको प्रशंसाको संस्कृतिबाट किन विमुख हुँदैछ, नेपाली समाज ?’


प्रतिक्रिया