`

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

Nepal One HD ५ चैत २०८१ १०:४७
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार बिहान गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बसन्तबहादुर कुँवर अवकासमा गएसँगै सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो । थापा २०५२ भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।


प्रतिक्रिया