`

संगठनलाई जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै नेपाली सेनाको आपत्ति

Nepal One HD ६ चैत २०८१ १८:१०
प्रमुख खबर

काठमाडौं । नेपाली सेनाले राजावादीहरूको गतिविधिसँग आफूलाई जोडेर टिकाटिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।

सैनिक मुख्यालयले बुधबार विज्ञप्ति जारी गरी सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’ सेनासँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सतत्यता नभएको बताएको छ ।


प्रतिक्रिया