सुनचाँदीको मूल्य घट्यो

अर्थ समाचार

काठमाडौँ । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया