`

गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको आरोप लागेका सुदूरपश्चिमका वनमन्त्रीद्वारा राजीनामा

Nepal One HD १६ चैत २०८१ १२:००
प्रमुख खबर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएका छन्  ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शनिबार बिहान पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा मन्त्री चौधरीले गरेका हुन् । गैरकानुनी ढङ्गले आर्थिक गतिविधिमा संलग्न भएको श्रव्य सामग्री सार्वजनिक भएपछि नैतिकताका आधारमा उनले राजीनामा दिएका हुन् ।

उनले भने, ‘म निर्दोष छु, दोषी भए सजाय भोग्न तयार छु ।’ नेपाली कांग्रेसका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा उनी नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मन्त्री भएका थिए ।


प्रतिक्रिया