`

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

Nepal One HD १७ चैत २०८१ ११:१८
अर्थ समाचार

काठमाडौँ । निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ६०० रुपैयाँले बढेर एक लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार २५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया