डिजेलको मूल्य घट्यो

अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । सोमबार मध्यरातिदेखि लागु हुने गरी निगमले डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट