`

प्रीय शिक्षकहरू धन्यवाद, हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो : मेयर साह

Nepal One HD २० चैत २०८१ १९:२२
प्रमुख खबर

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यबाद दिएका छन् । उनले आज सामाजिक सजालमार्फत सार्वजनिक सम्पतिलाई हानीनोक्सानी नपुर्याई सरसफाइमा ध्यान दिदै शान्तिपूर्ण आन्दोलन गरेकोमा शिक्षकहरूलाई धन्यबाद दिएका हुन् ।

उनले महानगरले जरिवाना खोजेको नभई चेतना खोजेको समेत उल्लेख गरेका छन् ।

उनले भने – प्रीय शिक्षकहरू,तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला ।

हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ यसमा ।कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।


प्रतिक्रिया