`

राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी

Nepal One HD २५ चैत २०८१ १३:४०
अर्थ समाचार

काठमाडौँ । अर्थ मन्त्रालयले निलम ढुङ्गानालाई नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर ढुङ्गानालाई कामु गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया