`

शेयर बजारमा ५ अर्ब ३० करोडको कारोबार

Nepal One HD २६ चैत २०८१ १५:५९
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । मंगलबार नेप्से ३ दशमलव ४४ अङ्कले घटेर २ हजार ६ सय ६६ दशमलव ६१ विन्दुमा झरेको छ ।

आज फाइनान्स, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३२१ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ५ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया