`

पक्राउ परेका साथीहरुलाई वैशाख २१ सम्म रिहा नगरे २२ गते सामूहिक गिरफ्तारी दिन्छौंः जगमान गुरुङ

Nepal One HD २७ चैत २०८१ १५:४८
प्रमुख खबर

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले आगामी वैशाख २१ गतेभित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई विनासर्त रिहा नगरे र नवराज सुवेदीको नजरबन्द नहटाए सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुरुङले भद्र अवज्ञा आन्दोलन गरेर अघि बढ्ने बताएका हुन् । उनले आस्थाका बन्दी रिहा नगरे वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने बताए ।

उनले भने, ‘हामी ज्यानको माया मारेर अगाडि बढ्ने छौं । सबैभन्दा अगाडि म हुन्छ । तपाईंहरू को–को आउनुहुन्छ आउनुस् ।’

उनले राजसंस्थाको पुनस्र्थापनाका लागि गोरखनाथ र गोरखकालीको अन्तिम पूजा वैशाख १९ गते गर्ने पनि जानकारी दिए । चैत १५ गतेको तिनकुने प्रदर्शनपछि राजावादीहरू भागे भन्ने प्रचार भइरहेकोप्रति आपत्ति जनाए । उनले आफूहरु आन्दोलनमा रहेको र पछि नहटेको बताए ।


प्रतिक्रिया