`

निगमले बुझायो जहाज खरिद गर्दा लिएको ७ अर्ब भन्दाबढी ऋण

Nepal One HD १ वैशाख २०८२ १३:५६
अर्थ समाचार

काठमाडौं । नेपाल वायु सेवा निगमले जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको मध्ये ५३ करोड ऋण भुक्तानी गरेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडवडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडवडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।


प्रतिक्रिया