राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण

प्रमुख खबर

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो । यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानून बमोजिम कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । राप्रपाले आइतबार राजधानीमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट