`

७७ वटै जिल्लामा जनआन्दोलन समिति निर्माण गर्ने घोषणा

Nepal One HD ७ वैशाख २०८२ १०:५३
प्रमुख खबर

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै गठित संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले विज्ञप्ति जारी गरी ७७ जिल्लामा समितिहरू निर्माण गर्ने तयारी सुरु भएको जानकारी दिएका हुन् ।

उनले निश्चित लक्ष्य र अवधिका लागि निर्माण गरिने जिल्लास्तरीय समितिहरूमा आम देशभक्त, राष्ट्रवादी नागरिकलाई सक्रिय सहभागिता र सहयोगका आह्वान पनि गरेका छन् ।


प्रतिक्रिया