गणतन्त्र खतरामा छैनः प्रचण्ड

प्रमुख खबर

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा आउन नरोकिने बताएका छन् ।
आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले राजनीतिमा आउने इच्छालाई कसैले रोक्न नसक्ने बताएका हुन् । उनले पूर्वउपराष्ट्रपति पुनलाई संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले राजनीतिमा फर्किन नरोक्ने बताए ।
अध्यक्ष प्रचण्डले गणतन्त्र खतरामा नभएको पनि बताए । उनले दलहरु एक हुनुपर्ने तर गणतन्त्र खतरामा छ भन्ने भाष्य नै ठीक नभएको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट