`

राप्रपाका नेताहरुलाई तत्काल रिहा गर्न संयुक्त जनआन्दोलन परिचालन समितिको आग्रह

Nepal One HD ७ वैशाख २०८२ १५:३९
प्रमुख खबर

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले पक्राउ परेका राप्रपाका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

समितिका प्रवक्ता स्वागत नेपालले विज्ञप्ति जारी गरी आइतबार पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई तत्काल रिहा गर्न माग गरेका हुन् । उनले नेताहरुलाई सरकारले पक्राउ गरेकोमा भत्र्सना गरेका छन् ।

पञ्चायती प्रजातन्त्रमा समेत जनताका प्रतिनिधिहरुले जनताका तर्फबाट सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतभित्र समेत पूर्ण वाक स्वतन्त्रतासहित व्यवस्थाविरुद्ध माग राख्ने गरेकोमा हाल आस्थामाथि प्रतिबन्ध लगाउँदै व्यवस्थाविरुद्धको प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइएकोमा उनले आपत्ति जनाएका छन् ।

उनले अन्यथा जनताको विद्रोहबाट हुन सक्ने सम्पूर्ण क्षतिको जिम्मा सरकार पक्ष स्वयम्ले लिनु पर्ने पनि चेतावनी दिएका छन् । आइतबार निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न लागेपछि प्रहरीले राप्रपाका नेताहरुलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया