`

गभर्नर नियुक्तिसम्बन्धी रिट हेर्न नभ्याइनेमा

Nepal One HD ८ वैशाख २०८२ १५:१०
प्रमुख खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ । डा. गुणाकर भट्टको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सोमबार पनि हेर्न नभ्याइनेमा परेको हो ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका भट्टको गभर्नरमा योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए ।

उक्त पुरक निवेदनलाई गत चैत ३० गते परेको मूल रिटमै राखेर सुनुवाइ गर्न पेशी तोकिएको थियो । तर पेशीमा चढे पनि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा यो निवेदन हेर्न नमिल्नेमा परेको हो ।


प्रतिक्रिया