`

काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पीस छन् भन्ने मैले राम्ररी बुझेको छुः सचिव भट्टराई

Nepal One HD ८ वैशाख २०८२ १६:००
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भैरहवा विमानस्थलकाबारेमा आफ्नो कुनै निर्णयले राज्यलाई हानी नोक्सानी गरेको भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।

विमानस्थलमा निर्माणमा अनियमतिता भएको र त्यसमा भट्टराईको पनि संलग्नता रहेको भन्दै उनीविरुद्ध आरोप लगाएपछि त्यसको प्रतिवाद गरेका हुन् ।

उनले सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकिएकाहरुले काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्ने काम गरेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘म २०७६ साउन १५ गतेदेखि २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेराविरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ । सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कति खप्पीस छन् भन्ने मैले राम्ररी बुझेको छु । मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ ।’


प्रतिक्रिया