आतंकवादी हमलामा मारिएका सुदीपको शव परिवारलाई हस्तान्तरण

प्रमुख खबर

बुटवल । भारतको काश्मिरमा मङ्गलबार भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ ।
आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका सुदीप न्यौपानेको मङ्गलबार आतंकवादी हमलामा ज्यान गएको थियो ।
आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै आक्रमण गरेका थिए । सुदीपको पार्थिव शरीर बिहीबार बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो । परिवारका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट