मन्त्रालय प्रवेश नै नगरी फर्कियो शिक्षक महासंघको टोली

प्रमुख खबर

काठमाडौं । शिक्षा मन्त्रालयमा वार्ताका लागि गएको नेपाल शिक्षक महासंघको टोली सिंहदरबारको गेटबाटै फर्किएको छ ।
नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले महासंघलाई वार्ताका लागि बोलाएका थिए । तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं । आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं तर विशेष कारणबश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट