`

शिक्षक आन्दोलनप्रति सरकार अनुदार देखियोः सांसद केसी

Nepal One HD १४ वैशाख २०८२ १२:०६
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार अनुदार देखिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दासमेत सरकार र शिक्षकहरुले आफ्नो दायित्व नबुझेको बताएका हुन् ।

उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे ।

उनले भने, ‘चैत २० देखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ ।’

उनले यस विषयमा नभए गम्भीर परिणामको जिम्मेवार सरकार नै बन्नुपर्ने चेतावनी दिए ।


प्रतिक्रिया