`

रेशमलाई रिहा गर्न सर्वोच्चले लेख्यो पत्र

Nepal One HD १७ वैशाख २०८२ १७:२०
प्रमुख खबर

काठमाडौं । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पत्र लेखेको छ ।

सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रेशम चौधरीलाई डिल्लीबजार कारागारका नाममा सर्वोच्चबाट लेखिएको पत्र आधिकारिक नभएको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा भनएिको छ, ‘यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गाविस वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद र थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’


प्रतिक्रिया