प्रहरीमा असल नेतृत्व निर्माणका लागि स्टाफ कोर्सले ठूलो मद्दत गर्ने गृहमन्त्रीको विश्वास

प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीमा लिडरसिप एन्ड स्टाफ कोर्स सुरु भएको छ । आइतबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री रमेश लेखकले पहिलो पटक स्टाफ कोर्सको उद्घाटन गरेका छन् ।
स्टाफ कलेजको प्रवेश परीक्षामा १७ जना डीएसपी उत्तीर्ण भएका छन् । २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको सुरुवात गरिएको हो । स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।
कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले प्रहरीको असल नेतृत्व निर्माणका लागि यसले ठूलो मद्दत गर्ने बताए । उनले प्रहरीमा यसले ठूलो र सकारात्मक परिवर्तन ल्याउने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट