गभर्नर सिफारिस समितिबाट पौडेलले दिए राजीनामा

अर्थ समाचार

काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । समितिका सदस्य पौडेललाई नेपाली कांग्रेसले गभर्नरको रुपमा अगाडि बढाउने भएपछि उनले सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।
आइतबार समितिका संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलसमक्ष उनले राजीनामा बुझाएका हुन् । यसअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आगामी गभर्नरको रुपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि बढाउने सहमति भएको थियो ।
भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कायम मुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले स्वीकृत नगरेपछि कांग्रेसले गभर्नरको लागि नयाँ विकल्पको रुपमा पौडेलको नाम अघि सारेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट