सरकार निजी क्षेत्रसँग काँधमा काँध मिलाएर अघि बढ्न तत्पर छः गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) ले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लैजान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भने, ‘निजी क्षेत्रसँग काँधमा काँध मिलाएर मुलुकको अर्थतन्त्रलाई समुन्नत दिशामा लानका निमित्त प्रतिबद्धता गरेका छौँ । सम्बन्धित कानून र नीतिलाई परिमार्जन गरिराखेका छौँ । शंकारहित रुपमा लगानी अगाडि बढाउनुस्, त्यसका लागि सरकार तपाईको साथमा छ।’
उनले अर्थतन्त्रमा आमूल परिवर्तनका लागि दश महिनाको समय पर्याप्त नभएता पनि यो सरकारको पाइला ठीक ढंगले अगाडि बढेको बताए ।
उनले डिम्यानले आयोजना गरेको डिस्कसन कार्यक्रमले आशातर्फ, उज्यालोतर्फ जाने बाटो देखाएको छ र महत्वपूर्ण काम गरेको भन्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।